यी देशमा प्रतिबन्ध भयो ऋतिक रोशनको फिल्म ‘फाइटर’

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

माघ १०  एजेन्सी –  बलिउड अभिनेता ऋतिक रोशन अभिनीत फिल्म ‘फाइटर’ २५ जनावरीदेखि प्रदर्शन हुँदैछ।

ट्रेलर सार्वजनिक भएसँगै फिल्मको चर्चा भइरहेको छ। भारतमा फिल्मको अग्रिम टिकट बुकिङ राम्रो भइरहेको छ। तर अन्य केही देशमा भने यस फिल्मलाई प्रतिबन्ध लगाइएको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार युएई बाहेक मध्य पूर्वका सबै देशमा फिल्म प्रतिबन्ध लगाइएको हो। बहराइन, कुवेत, कतार, साउदी अरब, युनाइटेड अरब अमीरात, ओमानजस्ता देशमा प्रतिबन्ध गरिएको छ। तर किन प्रतिबन्ध गरिएको भन्ने खुलासा गरिएको छैन।

निर्देशक सिद्धार्थ आनन्द ‘फाइटर’ लाई विश्वभर प्रदर्शन गर्न चाहन्थे। तर द गल्फ को-अपरेशन काउन्सिल सेन्सर बोर्डले फिल्मलाई सेन्सर सर्टिफिकेट दिन अस्वीकार गरेको छ। १० जनावरीमा सेन्सर बोर्डमा फिल्मको स्क्रिनिङ गरिएको थियो। २३ जनावरीमा बोर्डले सेन्सर सर्टिफिकेट नदिने बताएको हो।

फिल्ममा ऋतिक रोशनसँगै दीपिका पादुकोण र अनिल कपूरको मुख्य भूमिका छ। उनीहरू स्क्वाड्रन लिडरको भूमिकामा देखिएका छन्। फिल्ममा ऋतिक ‘पैटी’, दीपिका ‘मिन्नी’ र अनिल कपूर ‘रकी’ पात्रको भूमिकामा देखिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित