गोलबजारमा दिप प्रज्वलन गर्न नगर प्रमुख श्रेष्ठको आग्रह

हरियो पाटी

हरियो पाटी

547
SHARES
749
VIEWS

सिरहा,८ माघ: सिरहाको गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले माघ ८ गते घर–घरमा दिपप्रज्वलन गरेर दिपावली मनाउन अनुरोध गरेका छन् । सोमबार भारतको इतिहासको पानामा नयाँ आयाम थपिने छ ।

वर्षौंको संघर्ष र बलिदानपछि अयोध्यामा भगवान रामको प्रतीमाको प्राणप्रतिष्ठा हुन लागेको भन्दै घर घरमा दीप प्रज्वलन गरी धार्मिक आस्था बचाउन अनुरोध गरेका हुन् । गोलबजारमा ४ रहेको राम मन्दिरमा सबै नगरबासी संग राममंदिरमा दिपप्रज्वलन गरेर दिपावली मनाउन तथा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको हुनाले सम्पुर्ण नगर तथा जिल्लाबासिहरु माघ ८ गते गोलबजार आएर कार्यक्रमहरुमा सहभागिता जनाइदिन नगर प्रमुख श्रेष्ठले अनुरोध समेत गरेका छ्न।

नगर प्रमुख श्रेष्ठले  हरियोपाटी संग करागर्दै गोलबजार नगरपालिकाको १३ वटै वडावासीलाई जनवरी २२ तारिख अर्थात माघ ८ गतेको साँझ घर घरमा दीप प्रज्वलन गर्न अनुरोध गरेको बताएका छन।

आयोजकले मन्दिरको उद्घाटनको दिन विभिन्न कार्यक्रमको आयोजनासमेत गरेका छन । साइतबार र साेमबार गोलबजारको विभिन्न ठाउँमा नगरपालिकाले विशेष सरसफाइ समेत गरेका नगर सरसफाई संयोजन सहेन्द्र यादवले बताएका छन।

प्राणप्रतिष्ठा सफल पार्न कार्यपालिकाको निर्णयले गोलबजार नगरपापालिका बाट २ लाख नगदसमेत सहयोग गरेको नगरप्रमुखले बताए । प्राणप्रतिष्ठामा आयोजना गरिएको आयोजक सहित गोलबजारका विभिन्न संघ संस्था तथा ब्यापारिहरु समेतकाे अ-मुल्य सहयोग र भुमिका रहेको भन्दै नगर प्रमुखले सबैलाई धन्यवाद दिदै आफुले जहिले पनि जन्ताको हितमा कामगर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित