सिरहा प्रशासन कार्यालयमै मिटरब्याज ऋणीबाट कुटीय साहु

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

सिरहा, ४ माघ। जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणीको एक समूहले एक साहु (महाजन) लाई कुटपिट तथा दुर्व्यवहार गरेका छन्।
सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरुको समूहले कुटपिट गरेको हो। कुटपीटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नपा ११ घरभई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ।
पीडितहरुको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरुविच उनीमाथि आक्रमण भएको जनाएको छ। छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित