सन् २०२४ मा पृथ्वीको तापक्रम अझै बढ्ने बेलायतको मौसम विभागको चेतावनी

हरियो पाटी

हरियो पाटी

511
SHARES
700
VIEWS

एजेन्सी बेलायतको मौसम विभागले सन् २०२४ मा पृथ्वीको तापक्रम अझै बढ्ने चेतावनी दिएको छ । सन् २०२३ अहिलेसम्मकै तातो वर्ष घोषणा भएकोमा सन् २०२४ मा विश्वको तापक्रम झनै बढ्ने विभागले जनाएको हो । सन् २०२४ मा पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्रीभन्दा बढीले बढ्न सक्ने विभागको अनुमान छ ।

ग्रीन हाउस ग्यासको उत्सर्जन, बढ्दो प्रदूषण, कार्बनडाइअस्काइड ग्यास, अलनिनोका कारण विश्वको तापक्रम वृद्धि भएको बीबीसीले जनाएको छ । प्रशान्त महासागरमा भएको मौसमको उतारचढावका कारण समुद्रको तातो पानी सतहमा आउने गर्छ । जसलाई अलनिनो भनिन्छ ।

तापक्रम वृद्धिका कारण सन् २०२३ मा पृथ्वीको जलचक्र पूर्णरुपमा प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जसका कारण विश्वभर असमान्य चक्रवात, बाढी, पहिरो, तुफानलगायतका विपत्ति आउने क्रम बढिरहेको अध्ययनमा उल्लेख छ ।

यो वर्षको मार्चमा आएको फ्रेडी तुफान, सेप्टेम्बरमा  भूमध्य सागरमा आएको ड्यानियल तुफान, अक्टोबरमा प्रशान्त क्षेत्रमा आएको ओटिस तुफान र क्यानडाको जङ्गलमा लागेको आगलागी सन् २०२३ मा जलवायु परिवर्तनका कारण निम्तिएका ठूला विपत्ति हुन् । विश्व मौसम एट्रिब्युशन (डब्ल्यूडब्ल्यूए) ले मानवीय क्रियाकलापका कारण पृथ्वीको तापमान वृद्धिको सम्भावना १०० गुणाले बढ्न सक्ने जनाएको छ ।

सन् २०१५ को डिसेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा एक सय ९५ देशका नेताहरू विश्वको तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा राख्न सहमति भएको थियो । ठूलाठूला मञ्चमा तापक्रम बढ्न नदिने कुरा उठ्छ तर ती कुरा कागजमा मात्र सीमित हुँदा तापक्रम लगातार बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित