सिरहामा परालले पोलेको अवस्थामा एक पुरुषको शव भेटियो

हरियो पाटी

हरियो पाटी

554
SHARES
759
VIEWS

सिरहा, १३ पुस। सिरहाको धनगढीमाई नगरपालिकामा एक पुरुषको शव फेला परेको छ। धनगढीमाई नगरपालिका ६ गागनखोला किनारमा परालले पोलेको अवस्थामा परिचय नखुलेको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको हो।

घटना स्थल शव रहेको वरपर रगतको टाटा समेत देखिएकाले हत्या गरेर परालले पोलेको हुन सकने प्रहरीले बताएको छ। वडा अध्यक्ष भगलु महतोले  उनले शव रहेको वरपर रगतको टाटाहरु देखिएकोले कसैले मारेरै पराले छोपेर आगो लगाएको हुन सक्ने बताए।

गागन खोलाकिनारमा रहेकाले शव विहान स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए। अहिले प्रहरी घटनास्थल मुचुल्का गरिरहेको छ। प्रहरीले सनाखत हुन नसकेको बताउँदै प्रकृतिमुचुल्काको गरि शव पोस्टमाडमकाे लागि रामकुमार उमा प्रसाद प्रादेशिक अस्पताल लहान  पठाईएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।     घटनाबारे थप अनुसन्धान जारी रहेको  डीएसपी पाण्डेले  जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित