मिर्चैयाको होटलमा महिलासँगै बसेका पुरुषको मृत्यु

हरियो पाटी

हरियो पाटी

614
SHARES
841
VIEWS

पुस ११सिरहा । सिरहाको मिर्चैयास्थित एक होटलमा बस्न पुगेका एक पुरुषको मृत्यु भएको छ। मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा बुधबार करिब १२  बजेतिर एक महिलासँगै बास बस्न गएका कल्याणपुर नगरपालिका २ का करिब ४० वर्षीय मुकेश प्रसाद कर्णको मृत्यु भएको हो।

पुरुष अचेत भएपछि महिलाले आत्तिँदै तल झरेर खबर गरेको होटलका सञ्चालक विजय यादवले बताए। उनले भने, ‘महिला आए लगत्तै हामी सवै जना गएर उनलाई हेर्दा बेहोस अवस्थामा थिए। तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्‍यायौँ, त्यहाँ पुगे लगत्तै स्वास्थ्यकर्मीले मृत घोषित गरे।’

घटनाको जानकारी पाउने बित्तिकै पुगेको प्रहरीले महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए। महिलाको विषयमा प्रहरीले थप खुलाएको छैन ।

प्रहरीले मृतकको पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने बताउँदै अहिले शव स्थानीय स्वास्थ्य संस्थामा राखिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित