यूएईबाट काठमाण्डाै आएकाे जहाजको शौचालयमा नवजात शिशु फेला

हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

काठमाण्डौ – एअर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार यूएईबाट काठमाण्डौ आएको एअर अरेबियाको जहाजको शौचालयमा शिशु फेला परेको हो ।

यो जहाज यूएईको शारजाह विमानस्थलबाट आज बुधवार बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौ विमानस्थलमा अवतरण गरेको थियो ।

‘जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिशु भएको आशङ्कामा ती महिला र शिशुलाई प्रहरीले अस्पताल लगेको छ’, प्रवक्ता झाले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित