भन्सार छलेर भित्र्याइएको ३२ लाख रुपैयाँबराबरको सामान बरामद

हरियो पाटी

हरियो पाटी

530
SHARES
726
VIEWS

बाँके — भन्सार छलेर भित्र्याइएका विभिन्न सामानहरू सशस्त्र प्रहरी बल नेपाल नम्बर–३० गण हेडक्वार्टर बाँकेले बरामद गरेको छ । बिहीबार सशस्त्र प्रहरीको टोलीले झन्डै ३२ लाख रुपैयाँबराबरको सामान बरामद गरेको सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीले जानकारी दिए  ।

खजुरा गाउँपालिका–६ स्थित सिमलघारीमा चेकिङका क्रममा बरामद भएका सामानमा झन्डै १४ लाख रुपैयाँबराबरको कपडा, ५ लाख रुपैयाँबराबरको काँस पित्तलका भाँडा र मूर्ति तथा सजावटका सामान रहेका छन् ।

ट्रक चालकसहित दुई जनालाई पक्राउ गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–५ बस्ने ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन् । सामान र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, नेपालगन्जमा बुझाइएको पनि भारतीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित