भ्रष्टाचारका फाइल खोल्दा खोल्दै हात गलिसक्यो : कानुनमन्त्री गुरुङ

हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीहरुले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको बताएका छन् । आइतबार सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’को विमोचन कार्यक्रममा उनले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको बताएका हुन् ।

मिसन ०८४ कता–कता सुन्छु, चुनाव जिताइदिऔँ भन्ने मिसनले देश बिग्रेको छ । कांग्रेसको मिसन सुशासन हुनुपर्छ,’ उनले भने । पार्टीका नेता एकार्काप्रति गालीगलौजमा उत्रने गरेको उनले बताए ।

‘एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गर्नबाहेक केही सिकेनौँ । तर, राजनीतिक दलको साझा शत्रु गरिबी, रोग, भोक, भ्रष्टाचार हो भन्न सकेनौँ,’ उनले भने ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री समेत रहका गुरुङले भ्रष्टाचारको फाइल खोल्दा खोल्दै हात गलिसकेको बताए । ‘भ्रष्टाचारको फाइल खोल्दै गयो, अर्को आउँछ । फोहोरको डंगुर रहेछ, खोल्दै जाँदा हात गलिसक्यो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1