करेन्ट लागेर हलो जोतिरहेका पुरुष र गोरुको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

मंसिर २३ रौतहट । रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिवार बिहान हलो जोतिरहेका स्थानीय बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । उनीसँगै करेन्ट लागेर एउटा गोरुको पनि मृत्यु भएको छ ।

लौकाहा गाउँ छेउको खेतमा हलो जोतिरहेका बेला खेतमै झरेको ११ हजार भोल्टको तारबाट बगेको करेन्ट लागेर पण्डित र गोरुको मृत्यु भएको प्रहरी इन्स्पेक्टर झलक शर्माले बताए ।    घटनाको खबर प्राप्त भएलगतै जिल्ला प्रहरी कार्यालय गौरबाट इन्स्पेक्टर शर्माको कमान्डमा पुगेका प्रहरी टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

विद्युतको पोलबाट नाङ्गो तार खेतमा कसरी र कुन बेला झरेको हो अहिले यकिन भैनसकेको शर्माले बताए ।  ‘घटनाबारे विस्तृत अनुसन्धान गर्दैछौं, केही निष्कर्ष निस्किएपछि मात्र कारण थाहा हुन्छ’ उनले भने ।

अहिले घटनास्थलको मुचुल्का तथा मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर राखेकाे इन्स्पेक्टर शर्माले जानकारी दिए। घटनास्थल रौतहटको सदरमुकाम गौरभन्दा करिब २० किलोमिटर पश्चिम पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित