दोस्रो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी बुमबुम क्लव चोहर्वा लाई

हरियो पाटी

हरियो पाटी

520
SHARES
712
VIEWS

सिरहा, २३ मंसिर। सिरहाको चोहर्वामा सम्पन्न ‘दोस्रो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता २०८०’ को उपाधी बुमबुम क्रिकेट टिम नरहाले हात पारेको छ। गोलबजार ८ स्थित जनता नमुना माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाईनल खेलमा बुमबुम क्रिकेट टिमले आयोजक चोहर्वा क्रिकेट टिम गोबलबजारविरुद्ध १२ ओभरमा तीन विकेट गुमाउँदै जित सुनिश्चित गरेको हो।
टस जितेर व्याटिङ रोजेको चोहर्वा क्रिकेट टिम २० ओभरको खेलमा १५ ओभरमा अलआउट हुँदै एक सय एक रनको लक्ष्य दिएका थिए।

बुमबुम क्रिकेट टिमले १२ ओभरमा तीन विकेट गुमाउँदै जित सुनिश्चित एक सय एक रनको लक्ष्य पुरा गरेका थिए।

चोहर्वाका लागि सुजित दासले १६ वलमा ३१ रन, आदर्श चौधरीले १९ वलमा ३१ रन बनाएका थिए।
ओपनिङ्ग व्याटीङ्गमा उत्रेका चोहर्वाका नागेन्द्र अधिकारी र शशि सहनी ३ रनमै आउट भएका थिए।
बुमबुमका लागि चन्दन यादवले २० वलमा ३३ रन, राजु महराले १७ वलमा २७ रन गरेका थिए।
ओपनिङ्ग व्याटिङ्गका लागि सिदान्त यादव र चन्दन यादव आएका थिए।

बुमबुम क्रिकेट टिमका जागिर खानले ४ ओभरमा ५ विकेट लिएर म्यमन अफ द म्याच घाषित भए भने वेष्ट बलरको उपाधी पनि जाकिरले नै हात पारेको खेलका संयोजक सरोज रायले जानकारी दिए।
त्यसैगरी, चोहर्वाका सुजित दासले वेष्ट व्याट्स म्यानको उपाधी प्राप्त गरे। वेष्ट फल्डर राजु राय, म्यान अफ द सिरीज बसन्त सहनी भएका थिए।

प्रतियोगिताको विजेताले नरहाले नगद ६१ हजार रुपैयाँ कप प्राप्त गरेका छन् भने, दोस्रो विजेता आयोजक चोहर्वा क्रिकेट टिमले नगद ४१ हजारनगदसहित कप प्राप्त गरेको छ।

विजयी खेलाडीलाई प्रदेशसभा सदस्य मनोज सिंहले पुरस्कार हस्तान्तरण गरे। पुरस्कार हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सदस्य सिंहले दुवै टिमका खेलाडीलाई शुभकामना दिंदै क्रिकेट खेलले नेपाललाई विश्वसामु परिचित गराई रहेको भन्दै स्थानीय खेलाडीको रक्षा र खेलकुदको विकासमा आफ्नो व्यक्तिगत र पार्टीको तर्फबाट सवैखालको सहयोग गर्न तयार रहेको बताए।

उनले गोलबजामै एउटा राम्रो क्रिकेट मैदान निर्माण गर्ने विषयमा पनि आफूले र आफ्नो पार्टीभित्र छलफल चलाएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित