नवराज विक हत्या प्रकरणः फैसालाको स्वागतमा गोलबजारमा दिप प्रज्वलन

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

सिरहा,  २२ मंसिर। अन्तर्जातीय प्रेमविवाह गर्न खोजेका जाजरकोटका नवराज विकसहित ६ युवाको हत्या प्रकरणमा जिल्ला अदालत रुकुम पश्चिमले २६ जनालाई सजायको फैसला सुनाएपछि दलितहरुले न्याय पाएको भन्दै सिरहाको गोलबजारमा आज दिप प्रज्वलन गरी फैसलाको स्वागत गरेको छ।

दलित मुक्ति मोर्चा, नेपाल गोलबजारले मुख्य चौकमा मैन बालेर विभिन्न जालझेल र राजनीतिक दवावका बाबुजुत अदालतले दलितहरुको पक्षमा न्याय दिएको बताए।

मैन प्रज्वलन कार्यक्रममा मुक्ति मोर्चाका केन्द्रिय सदस्य उमेश बरालले ढिलै भएपनि दलितहरुले न्याय मिलेको महसुस गरेको भन्दै अदालनको निर्णलय स्वागत गरे। उनल भने, ‘विभन्न दलित तथा जातिय दवाव, धम्कि र तिगडमका विच दलितहरुको पक्षमा अदालतले निर्णय गरेको छ, यो स्वागत योग्य छ।’

अदाले सजायको फैसला सुनाएका २४ जसमध्ये प्रेमिकाका बुबा र रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ का तत्कालीन वडाध्यक्षसहित २४ जनालाई जन्मकैद दिइएको छ।

भेरी नगरपालिका ४ रानागाउँका २१ वर्षीय नवराजको प्रेमिकासँग बिहे गर्न १८ जना साथीसहित १० जेठ ०७७ मा चौरजहरी पुगेका थिए। जसमध्येय नवराजसहितका ६ युवाको हत्या भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित