भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा गइरहेका ६ जना प्रहरीको दुर्घटनामा मृत्यु

हरियो पाटी

हरियो पाटी

517
SHARES
708
VIEWS

मंसिर ३  राजस्थान । राजस्थानको चुरु जिल्लाको सुजानगढमा आइतबार बिहान भएको सडक दुर्घटनामा ६ प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो भने एक घाइते प्रहरी जवानको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । अर्का प्रहरीको जोधपुरको अस्पतालमा उपचार भइरहेको छ ।

राजस्थान प्रहरीका अतिरिक्त निर्देशक गोविन्द पारीकका सबै प्रहरीहरू प्रधानमन्त्री नरेन्द्र मोदीको बैठकमा ड्युटीका लागि गएका थिए। राजस्थानका डीजीपी उमेश मिश्राले एक विज्ञप्ति जारी गर्दै दुर्घटना चुरुको सुजानगढ सदर पुलिस स्टेशन क्षेत्रमा भएको बताएका छन्। ड्युटीमा गइरहेका सात प्रहरी सवार कार राजमार्गमा रहेको ट्रलीसँग ठोक्किएको उनले बताए ।

दुर्घटनामा परी नागौर जिल्लाको खिन्वसर थानाका प्रहरी जवान रामचन्द्र, कुम्भराम, थानाराम, लक्ष्मण सिंह र सुरेशको घटनास्थलमा मृत्यु भएको थियो ।डीजीपी मिश्राका अनुसार दुई घाइतेलाई ग्रीन कोरिडोरबाट जोधपुर एमडीएम अस्पताल लगिएको थियो । त्यसक्रममा बाटोमा एक जवानको मृत्यु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित