पाकिस्तान क्रिकेट टिमका बाबर टिमकाे कप्तानी छाडे

हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS
        फाइल तस्बिर

काठमाण्डाै कार्तिक २९ । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले ३ वटै फर्म्याटकाे कप्तानी छाड्ने घाेषणा गरेका छन् ।

भारतमा भइरहेकाे आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा ९ मध्ये ४ खेल हारेर प्रतियाेगिताबाट बाहिरिएपछि बाबरले कप्तानी छाड्ने घाेषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत याे जानकारी दिएका छन् ।

बाबरले सन् २०१९ देखि पाकिस्तान टोलीको कप्तानी गर्दै टाेलीलाई सीमित ओभरकाे क्रिकेटमा आईसीसी वरीयताकाे शीर्ष स्थानमा समेत पुर्‍याएका थिए । तर विश्वकपमा टाेली समूह चरणबाटै बाहिरिएपछि उनकाे आलाेचना भएकाे थियाे । बाबरले ९ खेलमा ३ सय २० रन बनाएका थिए ।

बाबरले टाेलीकाे कप्तानी छाडे पनि खेलाडीकाे भूमिकामा ३ वटै फर्म्याटमा खेल्ने पनि बताएका छन् । उनले याे ४ वर्षका लागि क्रिकेट समर्थक र पाकिस्तान क्रिकेट बाेर्डलाई धन्यवाद पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित