काठ तस्करीको आरोपमा पक्राउ परेका व्यसायी हिरासत छल्न विरामीको वाहाना

हरियो पाटी

हरियो पाटी

553
SHARES
758
VIEWS

सिरहा, २७ कात्तिक। सिरहाकाठ तस्करीको आरोपमा पक्राउ परेका सिरहा गोलबजारका व्यसायी हिरासत छल्न विरामीको वाहानामा घर बसेका छन्।

वन कर्मचारीकै मिलेमत्तोमा गोलजार नगरपालिका ४ स्थित गौरव सःमिहलका संचालक श्याम साह हिरासत छल्न विरामीको वाहानामा बनाएर पर्व अवधिभरलाई आफन्तको जिम्मा लगाइएको हो।

गत शनिवार १८ गते ठूलो परीमानमा प्रतिवन्धित करम जातको करिव दुईसय ५० क्यूविक फिट काठ सहित पक्राउ परेका साहलाई विरामी परेपछि शनिबार उपचारको लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्याएका थिए।

अस्पतालमा पुर्याएका उनलाई थप उपचारको लागि वाहिर लग्नु पर्ने भन्दै रेफर गरेपनि साह अहिले आफ्नै घरमा रहेको स्रोतले जनाएको छ।

उपचारका लागि साहको आफन्त पर्ने प्रादेशि अस्पतालका ल्याव असिस्टेन्ट कृष्णा गुप्ताको जिम्मा लगाएको डिभिजन वन कार्यालय लहानका वन कर्मचारी तथा यस घटनाका अनुसन्धान अधिकृत देवेन्द्र पासवानले जानकारी दिए। उनले भने, ‘उनी विरामी परेकाले उचारको लागि अस्पताल लगेका थियौं, अस्पतालका कर्मचारी उनको आफन्तसमेत रहेकाले उनकै जिम्मामा उपचार भईरहेको छ।’

वन कर्मचारीले उपचारमा रहेको भने पनि सःमिल संचालक साह अहिले आफ्नै घरमा रहेको उनका एक आफन्तले बताए। हामीलाई सूचना दिने साहका आफन्तले तत्काल १५ लाख धरौटीमा छुटेको बताए।

साहको कहाँ उपचार भईरहेको छ भन्ने कुरा वन कर्मचारी र जिम्मा लिएका सहलाई समेत जानकारी छैन। वन कर्मचारीले उनका आफन्तलाई उपचारको लागि जिम्मा लगाएको बताए पनि जिम्मा लिएका उनका आफन्त कृष्णा गुप्तालाई सःमिल संचालक कहाँछन् भन्ने जानकारी छैन्।

यता डिभिजन वन कार्यालय लहानका प्रमुख सुजित झाले भने उनी विरामी भएका र चाडपर्व पनि भएकाले व्यवहारिक्तालाई ख्याल गरेर तत्काल उनको आफन्तको जिम्मा लागाएर छोडिएको बताए।

उनी विरामी पनि भएका र चाडपर्वपनि भएकोले मानविय नाताले उनको आफन्तको जिम्मा लगाएको बताए। जिम्मा लिएका गुप्ताले शुक्रवारको दिन पुनः वन कार्यालयलाई बुझाउनेगरी आफूले जिम्मा लिएको बताए। जिम्मा लिने व्यक्ति, वन कर्मचारीकै बाझिएको कुराले साहल वन कर्मचारीबाट पर्वमनाउने छुट्टी पाएको पुष्टि हुन्छ।

वन कर्मचारीको बाझिएको भनाई र आफन्तले धरौटीमा छोडेको भन्ने विषयले आर्थिक चलखेलको गन्ध प्रस्ट हुन्छ।

वनकै एक कर्मचारीले अनुसन्धानको काम नै नसकिएकोले अहिले धरौटीमा छाड्ने सवाल नै नभएको बताए। उनले साह विरामी भएकाले उपचारकोलागि पठाइएको बताउँदै उनी घरमा रहेछ भन्ने तत्काल हिरासतमा फर्काउने बताए।

साहलाई शनिवार १८ गते उनकै सःमिलबाट प्रतिवन्धित करमजातको काठ सहित पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित