नरहा गाउँपालिकाका वडा अध्यक्षहरूद्वारा आन्दोलनको चेतावनी

Picture of हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

सिरहा, २२ कात्तिक-  सिरहाको नरहाँ गाउँ पालिकाका वडा अध्यक्षहरुले सातदिनभित्र आफ्नो माँग पुरानभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

पालिकाका वडा नम्वर १ का अध्यक्ष अशोक कुमार महतो, ४ का वडा अध्यक्ष रामविलेक्षण यादव र ५ का वडा अध्यक्ष हुकुमदेव यादवले आर्थिक वर्ष २०७९/८० को आय व्यय विवरण, प्रत्येक वडामा एकजना कम्प्यूटर अपरेटर, तत्काल कार्यक्रमहरुको कार्यादेश दिनुपर्ने लगायतका माँग सातदिनभित्र सम्वोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिएका हुन्।

वडा अध्यक्ष हुकुमदेव यादवले सूचनाको हक प्रयोग गरेर करिव एक महिना अघि दिएको निवेदनको वेवास्ता गरेको भन्दै तत्काल माँग गरेको सूचना दिनुपर्ने बताए।

उनले भने, ‘नयाँ आर्थिक वर्षको ४ महिना वितिसक्दा पनि कार्यालय सञ्चालन खर्च नदिएको, कार्यक्रमको कार्यादेश नदिएको भन्दै प्रशासकिय प्रमुख विधिसम्मत ढङ्गले चल्न नसकेको बताए। उनले थपे, ‘हामीले तालि ठोकेर गाउँ परिषद् गरिदिएका छौं, कार्यक्रमहरु बनेको छ। कार्यालय प्रमुखले कसको निर्देशन परखेर बस्नुभएको हो? हामीलाई तत्काल कार्यादेश चाहिन्छ।’

उनीहरुले १० गते भएको गाउँ सभाबाटै १८ नम्वरको फाईलको विषयमा निर्णय गरेको प्रति खेद प्रकट गरे। कार्यक्रम नसकिदै, कुन कुनको भुक्तानि दिन बाँकी रह्यो भन्ने नआउँदै निर्णय लेख्नु गलत भएको भन्दै यस विषयमा कार्यालय प्रमुखले जवाफ दिनुपर्ने बताए।

तीन जनै वडा अध्यक्षहरुले हाम्रो माग एक सातामा पुरा नभए हामी पालिका कार्यालयको गेटमै बसेर कामकाज ठप्प पार्ने र वडा कार्यालय त्यहीँबाट सञ्चान गर्ने जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित