१८ कार्तिक, जाजरकोट । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ ।
भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए ।
उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।
शुक्रबार रागि ११ः४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा रुकुमपश्चिम र जाजरकोटमा मानवीय तथा भौतिक क्षेति भएको छ।
Discussion about this post