इजरायलमा ज्यान गुमाएका आनन्दको बुवासँग कुरा गर्ने इच्छा पूरा भएन

हरियो पाटी

हरियो पाटी

560
SHARES
767
VIEWS

असाेज २४ सिरहा – इजरायल हमलामा परी धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको मृत्यु भएको खबरले यतीखेर गाउँ नै शोकमा डुबेको छ।

आइतबार इजरायलमा आनन्दको मृत्यु भएको खबरसँगै घरका सदस्यहरू मुर्छित छन्। आनन्दका बुवा सोमन साह घर बाहिर मूल ढोकामा, आमा शुभकली र जेठी बाहिनी सुनिता घरभित्र आँगनमा ढलिएकी छिन्।

अर्की माहिली सरस्वती र कान्छी बाहिनी आरती अचेत भएपछि उनीहरुलाई आफन्तले अस्पताल पुर्‍याएका छन्। आइतबार राती देखिनै घरमा आफन्त र छर-छिमेकीको भिड छ। सबैले उनीहरुलाई सम्झाउने प्रयास गरिरहेकां छन्। जेठी बहिनी सुनिता दाइ आनन्दसँग शुक्रबार भएको कुराकानी अलापविलाप शैलीमा सुनाउँदै छिन्।

तीन छोरी र एक छोरामध्ये सोमनका जेठो छोरा थिए आनन्द। छोराछोरी पढाउन सोमन करिब ८/९ वर्ष विदेशमा पसिना बगाए। तर बुवाले भोगेको दुख सुखमा बदल्न उभिएका आनन्द आइतबार प्यालेस्टायनी कट्टरपन्थी समूहको हमलामा परी आमाबुवालाई सुनाएका सपना पूरा गर्न नपाउँर्दै सादाका अस्ताए।

आनन्द कक्षा पाँचसम्म गाउँकै बोर्डिङ स्कुलमा पढे। छोराछोरीलाई पढाउनुपर्नेमा सचेत रहेका बुवा सोमनले छोरा आनन्दलाई गाउँको स्कुलबाट निकालेर कक्षा छ मा जनकपुरको एन्जल्स बोर्डिङ स्कुलमा भर्ना गराए। एन्जल्सबाट एसइई पास गरेका आनन्द जनकपुरकै मिट कलेजमा विज्ञान विषय लिएर कक्षा १२ पास गरेका थिए।

कक्षा १२ पास गरेपछि स्कोलोरशिपमा नाम निकाल्नका तयारी गर्न काठमाडौं पुगे। एक वर्षमा नाम निकाल्न सफल भएनन् तर अर्को वर्ष नाम निकाल्न सफल भए। आनन्दका बुवा सोमनले भने ‘पछि काठमाण्डौंबाट सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर मल्टिफ क्याम्पस, कैलालीमा एग्रिकल्चर बीएससीएजी पढे, अन्तिम वर्षको पढाइ सकिएपछि क्याम्पसले नै अभ्यासका इजरायल पठायो। आनन्द भदै २४ मा मात्रै इजराइल पुगेका थिए।’

आनन्द इजराइल पुगेको अन्तिम पटक शुक्रबार फोन गरेका थिए। उनको जेठी बहिनी सुनिताले भनिन् ‘दाइसँग शुक्रवार भिडियो कलमा कुरा भएको थियो दाइले बुवासँग कुरा गर्न खोजे तर बुवा बाहिर हुँदा कुरा हुन सकेन, शनिबार कुरा गर्न फोन गर्दा रिङ गइरहेको थियो रिसिभ भएनन्, दिनभरि प्रयास गरे पनि दाईसँग कुरा भएनन्। आइतबार इजरायलमा १० नेपाली विद्यार्थाीको मृत्यु भएको समाचार आउन थाल्यो। मेरो परिवारको बेचैनी बढ्दै गयो, चार/पाँच बजेतिर दाईको पनि मृत्यु भएको खबर पाए।’

‘मेरो छोराले छोराछोरीमा विभेद गर्नु हुँदैन भनिरहन्थ्यो त्यसैले मैले छोराछोरीमा कहिले विभेद गरिन। छोरीहरुलाई पनि बोर्डिङ स्कुलमै पढाए।’ बुवा सोमनले भने। जेठी छोरीकी बिहे भइसकेको छ। माहिली सरस्वती भेटनरी र कान्छी छोरी आरती जनकपुरमै स्नातक गरिरहेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित