आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाउदै

हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

सिरहा भादौ २९ –  सिरहा  आज राष्ट्रिय बाल दिवस । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

यस वर्ष ‘सुखी नेपाली समृद्द नेपालः बाल अधिकार सबैको सरोकार’ भन्ने नारा बोकेर यो दिवस मनाइँदै छ ।नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले शुरु गरेको इतिहासमा उल्लेख छ । भारत भ्रमण गर्ने क्रममा उनले भारतमा माहात्मा गान्धीको जन्मदिनमा

बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताबाट प्रभावित भएर आफ्नो जन्म दिनपारी नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रुपमा बालदिवस मनाउन थालिएको हो ।

हरेक बर्ष बाल दिवस मनाइदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार भने हुन सकेको छैन । देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको छ । सिरहामा रहेका सडक बालबालिकाको अवस्था पनि उस्तै छ ।

सबै सुबिधाले सम्पन्न परिवारका बालबालिकाको लागी प्रत्यक दिन बाल दिवस हुने गरेको छ । तर गरिबीको रेखा मुनी रहेका बालबालिकाको लागि न सरकारको तर्फबाट न कुनै पहल भयो न कुनै नीतिको निर्माण ।

सडकमा रहेका र पहुँच नभएका बालबालिकाकको लागि हरेक वर्ष मनाइने बाल दिवस शव्द र नारमा मात्र सिमित भएको छ ।

बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । झण्डै नेपालको आधि जनसंख्या बालबालिका रहेकाले पनि बाल दिवस एउटा दिवसको रुपमा मात्र नभएर नयाँ दृष्टिकोण अपनाएर बाल अधिकारको प्रतिबद्धता पूरा गर्नु जरुरी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1