पत्रकार यादवलाई भौतिक आक्रमण गर्ने तीनजना पक्राउ

हरियो पाटी

हरियो पाटी

525
SHARES
719
VIEWS

सिरहा भदौ २८ – सिरहा नेपाल प्रेसका मधेश प्रदेश समाचारदाता सन्तोष यादवमाथि सिरहाको औराहीमा भौतिक आक्रमण भएको छ । स्थानीय एक व्यक्तिले उनीमाथि धारिलो हतियारले प्रहार गरेका हुन् ।
गाउँको एक विद्यालयमा भएको विवादलाई लिएर यादवले फेसबुकमा स्टाटस लेखेका थिए ।

त्यसमा आपत्ति जनाएर स्थानीय नवल यादवले पूर्वगाविस अध्यक्ष रहेका सन्तोषका पिताको चरित्रहत्या गर्नेगरी स्टाटस लेखे । यस विषयमा विवाद हुँदा उनीमाथि नवलका भतिजाले आक्रमण गरेका हुन् । प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

हरियाेपाटी सँग कुरागर्दै  पत्रकार यादवले भने  ।

‘उहाँले मसित स्टाटस हटाउने कुरा गरे पनि हटाउनु भएन । त्यसपछि मैले पनि वास्ता गरिनँ । आज बिहान स्थानीय एउटा चिया पसलमा चिया पिउने क्रममा नवल यादवको भतिज प्रभु यादव आएर मलाई धाक-धम्की दिए । म त्यहाँबाट साइड लागेर औरहीको सई धर्मेन्द्र चौधरीलाई फोन गरेँ । एकजना मान्छेले मलाई धम्क्याइरहेको छ । उसले हतियार बोकेर आएको शंका लागेको छ । प्रहरी पठाइदिनुस् भनेर आग्रह गरेँ । प्रहरी आएन । त्यसपछि थप मानिसहरू जम्मा भए । विवाद बढ्न थाल्यो र स्थानीयले छुटाए । त्यसपछि म उभिइरहेको बेला नवलको भतिज प्रभु यादवले ममाथि गाँजा काट्ने हतियार (कटारी) ले प्रहार गर्‍यो । मैले हातले छेक्न भ्याएकाले धेरै चोट लाग्न पाएन । गर्दनको साइडमा हल्का चोट लागेको छ ।’
सन्तोषले प्रहरीलाई जानकारी गराएपछि तीनजना पक्राउ परेका छन् । अहिले जिल्ला प्रहरी कार्यालयमा प्रहरीले सन्तोषलाई समेत बोलाएर छलफल गरिरहेको छ ।
                                   
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले फेसबुकमा स्टाटसको विषयलाई लिएर पत्रकार यादवमाथि आक्रमण भएको बताए । बिहान औरही नगरपालिका ५ स्थित चोकमा यादवमाथि आक्रमण गरिएको उनको भनाइ छ ।

घटनामा प्रभु यादव, रमण यादव र किशोर यादवलाई प्रहरीले पक्राउ गरेको पाण्डेले जानकारी दिए ।

‘हामी घटनाबारे थप अनुसन्धान गर्दैछौं । साम्य भइसकेको विषयमा पुनः विवाद निकालेर आक्रमण भएको पाइएको छ । दुवै पक्षलाई राखेर विस्तृत बुझ्छौं । र, थप कारबाही अघि बढाउँछौं’, डीएसपी पाण्डेले भने । घटनामा सम्लग्न रहेको तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलाय सिरहाले जनाएको छ ।

आफू ममाथि आक्रमण हुनुमा मुख्य दोषी प्रहरी रहेकाे बताएका छन । पत्रकार यादव आफ्नो फेसबुक वालमा लेखछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित