चन्द्रामामा यान अवतरण गरेको लाइभ पृथ्वीमा कसरी देखिन्छ ?

हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

भदौ ९ काठमाडौं । २० जुलाई १९६९ मा पहिलो पटक मानवसहितको यान चन्द्रमामा अवतरण गरेको थियो । संसारभरका ६० करोड बढी मानिसहरूले इतिहासमै पहिलो पटक निल आर्मस्ट्रङले चन्द्रमाको सतहमा पहिला राखेको दृश्य प्रत्यक्ष हेरेका थिए ।

३५औं अमेरिकी राष्ट्रपति जोन एफ केन्नेडीले १९६० को दशकमा चन्द्रमाको सतहमा मानव पुर्‍याउने सङ्कल्प राखेका थिए । यो त्यही समय थियो, जहाँ एउटा पुस्ताले चन्द्रमामा मानिसले पहिलो पटक पाइला दृश्य प्रत्यक्ष हेर्न पाएका थिए ।

तर, नासाले कसरी चन्द्रमाको दृश्य रेकर्ड गरेर पृथ्वीमा प्रसारण गर्‍यो होला ?

६० को दशकको सुरुवातमा नासाले यस्तो रकेट र अन्तरिक्षयानमा काम गर्न सुरु गरेको थियो, जसले मानिसलाई चन्द्रमामा पुर्‍याउन सकोस् । मानिसलाई चन्द्रमामा पठाउने यो महत्वाकांक्षी योजना धेरै शंकास्पद थियो । त्यसैले चन्द्रमामा हिँड्ने अन्तरिक्ष यात्रीहरूको भिडिओ मिशनको विश्वसनीयताका लागि महत्त्वपूर्ण हुनेछ भन्ने नासाले बुझेको थियो ।

यसैका लागि नासाले त्यसबेला वेस्टिङ हाउस नामको विद्युतीय कम्पनीसँग सहकार्य गर्‍यो । सम्झौता अनुसार वेस्टिङ हाउसले नासाका लागि यस्तो क्यामेरा बनाउनुपर्ने थियो, जसले चन्द्रमामा मानिसले चालेको पहिलो पाइलाको भिडिओ खिच्न सकोस् । सोही अनुसार उक्त कम्पनीले नासालाई ब्ल्याक एन्ड ह्वाइट क्यामेरा डिजाइन गरे‍र उपलब्ध गरायो । उक्त क्यामेरा चल्नका लागि सात वाटको पावर आवश्यक पर्थ्यो ।

यसलाई वेस्टिङ हाउसले यसरी डिजाइन गरेको थियो, जसले चन्द्रमाको सतहमा हुने जस्तोसुकै तापक्रम र बिकिरण सहन सक्थ्यो । सबैभन्दा महत्त्वपूर्ण कुरा लुनार मोडेलले सो क्यामेराले खिचेको भिडिओ र अन्य रेडियो तथा टेलिमेट्री डेटा पृथ्वीमा पुर्‍याउनुपर्ने थियो ।

चन्द्रमाको डेटा पृथ्वीमा पठाउनका लागि एपोलो मिसनलाई कम्युनिकेट (सञ्चार) गर्ने उन्नत प्रणाली आवश्यक परेको थियो । त्यसका लागि नासाको टिमले ‘युनिफाइड एस ब्यान्ड’ प्रणालीको विकास गर्‍यो । यो त्यस्तो सिस्टम थियो जसले टेलिमेट्री, कमान्ड, भ्वाइस र टेलिभिजन डेटालाई विभिन्न फ्रिक्वेन्सी प्रयोग गरी एउटै एन्टिना सिग्नलमा समायोजन गरी पठाउन सक्थ्यो । यद्यपि यो नयाँ सिस्टममा ५२५ लाइन भिडिओ क्यामेराका लागि उयुप्त हुने पर्याप्त ब्यान्डविथ थिएन ।

डाउनलिङ्कमा भिडिओ फिड फिट गर्नका लागि वेस्टिङ हाउसले स्लो क्यामेरा स्यान विकास गर्‍यो । यो सिस्टमको सहायताले ३२५ स्क्यान लाइन १० एफपीएसमा प्रसारण गर्न सक्षम थियो । सोही क्यामेरालाई विद्युतीय केबलको सहायताले लुनार मोड्युलमा जोडियो । यो क्यामेरालाई यसरी राखिएको थियो जो अवतरण हुने साइटमा चल्न सक्थ्यो ।

भिडिओ​ सिग्नल लुनार मोड्युलको एन्टेनाबाट अष्ट्रेलियाको ट्र्याकिङ स्टेशनमा पठाउन सक्ने गरी यो सिस्टमलाई व्यवस्थापन गरिएको थियो । जहाँ नासाले इमेजलाई स्टान्डर्ड ब्रोडकास्ट सिग्नलमा रूपान्तरण गर्नुपर्ने थियो ।

त्यसपछि रूपान्तरण भएको सिग्नललाई कम्प्युनिकेसन स्याटलाइट पठाउनुपर्ने र त्यहाँबाट होस्टनमा रहेको मिसन कन्ट्रोलमा ल्याउनुपर्ने थियो । सो सिग्नललाई त्यही मिसन कन्ट्रोलबाट संसारभरका टिभीमा प्रसारण गर्नुपर्ने थियो । सबै कुरा भने अनुरूप नै थियो । तर, चन्द्रमाको सतहको भिडिओ खिच्ने चुनौती यतिमै सकिने वाला थिएन । चन्द्रमाको सतह र अन्तरिक्षको अन्धकार बीचको उच्च कन्ट्रयास्टले चन्द्रमामा स्पष्ट फोटो खिच्न निकै गाह्रो बनाउने निश्चित थियो ।

यो समस्या समाधानका लागि वेस्टिङ हाउसले रक्षा विभाउका लागि तयार पारेको एउटा प्रविधि प्रयोग गर्‍यो । सो कम्पनीले रक्षा विभागका लागि भियतनाम युद्दको समयमा सर्भिलेन्स क्यामेरा विकास गरेका थियो । यो यस्तो क्यामेरा थियो, जसमा लो-लाइट इमेजिङ ट्युब प्रयोग गरेको थियो । यसको सहयता सेनाले जङ्गलको अँध्यारोमा पनि फोटो खिच्न सक्थे ।

त्यसबाहेक पनि सो क्यामेराले कम प्रकाश भएको अवस्थामा पनि सलिरहेको वस्तुको प्रस्ट फोटो खिच्न सक्थ्यो । मानवसहितको एपोलो नाइन मिसनका लागि उक्त क्यामेरा परीक्षण गर्नुपर्ने थियो ।

त्यसपछि क्यामेरालाई परीक्षण गर्न क्यामेरा लुनार मोड्युलमा राखियो । यति भएपछि सो क्यामेरा सफल भयो ।

यसपछि क्यामेराको मुख्य काम भनेको चन्द्रमाको सतहमा मानिसले चालेको पाइला खिच्नुपर्ने थियो । २० जुलाई १९६९ मा एपोलो ११ ले चन्द्रमाको सतह छोयो । ल्याडरतर्फ फर्किएको क्यामेरालाई एपोलो ११ मा गएका अर्का अन्तरिक्षयात्री बज अल्डिनले क्याबिनभित्रबाट सर्किट ब्रेकर ताने र क्यामेरा अन गरे ।

चन्द्रमाको भिडिओ दृश्य पृथ्वीमा पुग्दा कन्भर्जनका क्रममा त्यसको डिटेल घेरै घटिसकेको थियो । तर पनि सो क्यामेराले ऐतिहासिक क्षण फोटो तथा भिडिओका रूपमा खिच्यो ।

परियोजनाको समयभरि सो क्यामेराले आफ्नो काम राम्रोसँग निर्वाह गर्‍यो । त्यसपछिका एपोलो मिसनले उन्नत भर्सनका त्यो पनि रङ्गीचङ्गी फोटो र भिडिओ खिच्ने क्यामेरा प्रयोग गरे ।

चन्द्रयान ३ को सन्दर्भमा कसरी लाइभ प्रसारण हुन्छ ?

यसका लागि भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले चन्द्रयान ३ को विक्रम ल्यान्डरमा विभिन्न क्यामेरा समावेश गरेको छ । ल्यान्डर हाजार्ड डिटेक्सन एन्ड एभोइडेन्स क्यामेरा (एलएचडीएसी), ल्यान्डर इमेजर (एलआई) क्यामेरा, ल्यान्डर पोजिसन डिटेक्सन क्यामेरा (एलपीडीसी) लगायतका क्यामेरा रहेका छन् ।

यी क्यामेराबाट प्राप्त भिडिओलाई डिजिटल फर्म्याटमा इनकोड गरिन्छ । उक्त इनकोडेड भिडिओ स्याटलाइट वा ग्राउन्ड स्टेसनको सहायताले प्रसारण गरिन्छ । स्याटलाइट वा ग्राउन्ड स्टेसनले डिजिटल फर्म्याटलाई डिकोड गरी स्ट्रिमिङ सेवा दिने प्लेटफर्ममा भिडिओ पठाउँछ ।

त्यसपछि स्ट्रिमिङ सर्भिस (युट्युब, फेसबुक, टेलिभिजन, वेबसाइट) बाट भिडिओ प्रसारण हुन्छ । भिडिओ लाइभकास्टिङ गर्नका लागि प्रयोग भएका सफ्टवेयर र उपकरण अनुसार प्रक्रिया फरक फरक हुन सक्छन् । यद्यपि सामान्य तवरमा लाइभस्ट्रिम माथि उल्लेख गरिएको तरिकाबाट गरिन्छ ।

हालसम्म नासा, ईएसए, जेएएक्सए तथा इसरो लगायतला संगठनले लाइभ स्ट्रिम गरिसकेका छन् ।

यसरी हेर्नुहोस् भारतको चन्द्रयान ३ चन्द्रमामा अवतरण गरिरहेको लाइभ भिडिओ  हरियाे पाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1