ललिता निवास प्रकरणमा बाबुरामले दिए सिआइबीसमक्ष बयान

हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको सिआइबीसमक्ष बयान दिएका छन् ।

उनले सीआईबीका अधिकारीहरूलाई घरमै बोलाएर आफ्नो संलग्नताबारे जानकारी दिएका हुन् । उनले आफुले सिआइबीलाई बयान दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरू बारे सत्यतथ्यको जानकारी मेरो सुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम सीआईबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु ।’

उनले थप अगाडि भनेका छन्, ‘यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु ।’

यसअघि दुई पूर्व प्रधानमन्त्री डा. भट्टराई र माधव नेपालको बयान नै नलिई छानबिन प्रतिवेदन बुझाउने तयारी गरिएको थियो । यस कदमको चौतर्फी आलोचना भएपछि आइतबार साँझ सीआईबीको टोलीले भट्टराईसँग उनैको निवासमा पुगेर बयान लिएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित