विवाहमण्डपमा अश्लिल टिकटक बनाउने युवक प्रहरी फन्दामा

हरियो पाटी

हरियो पाटी

528
SHARES
723
VIEWS

साउन १२ धनुषा – धनुषा प्रहरीले जानकी मन्दिरको विवाहमण्डप (मडवा) मा अश्लिल टिकटक भिडियो बनाउने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका ६ पोखरभिण्डा बस्ने १८ वर्षिया अनिरूद्र यादव रहेका छन ।

केही दिन अगाडी जानकी मन्दिरको छेउमा रेहेको विवाहमण्डव (मडवा)मा एक जोडि युवक र युवतिले अश्लिल ढंगले भिडियो बनाई टिकटकमा अपलोड गरेपछि सामाजिक सञ्जालमा व्यापक बिरोध भएको थियो । धार्मिक स्थलमा अश्लिल भिडियो बनाएकोमा ब्यापक आलोचना हुन थालेपछि जनकपुरधामका जनप्रतिनिधी तथा समाजिक अभियन्ताहरुको दबाब पश्चात धनुषा प्रहरीले उक्त युवकलाई पक्राउ गरेका छ ।

उक्त भिडियोमा रहेकी युवती र भिडियो खिच्ने क्यामेराम्यानको समेत खोजी भईरहेको धनुषा प्रहरीले जनाएको छ । अन्य दुबै जना पक्राउ परेपछि कानुन बमोजिम र समाजलाई सचेत गराउने हिसाबले तिनैजनालाई दण्ड सजाय गर्ने धनुषा प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित