सिरहाबाट स्याउसहित ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा

हरियो पाटी

हरियो पाटी

572
SHARES
783
VIEWS

सिरहा, ११ साउन- सशस्त्र प्रहरीले अवैधरुपमा भारत लैजादै गरेको एक सय ३५ कार्टुन स्याउ सहित मिनि ट्रक नियन्त्रणमा लिएको छ।

स. १ ख ६०० नम्वरको ट्रकमा लोडगरी नेपालबाट भारतर्फ लादै गरेको बिल बिजक नभएको अवैध एक सय ३४ कार्टुन स्याउ र ट्रक भारतीय सीमानजीक नवराजपुर ५ बाट विहिवार विहान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

नजराजपुर ५ देवनर र झाँझपट्टी विचको कृषिसडक हुदै भारत तर्फ लगिरहेको अवस्था सशस्त्र प्रहरी बल नेपालको चेकपाइन्ट टोलिले चेकजाँचको क्रममा ट्रक सहित स्याउ नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ठाडी भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीका प्रमुख एसपी प्रमोद कुमार भारतीले जानकारी दिए। ट्रकका चालक भने फरार रहेका छन्।

तेस्रो मुलुकबाट आएका श्याउ, सुपाडी, मरिच, केराउ लगाएतका सामाग्रि अवैधरुपमा नेपाल हुँदै भारत भित्रिने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित