सप्तकोशीमा ट्रक खस्यो, ट्रकमा रहेका ३ जनाकाे उद्धार

हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

काठमाण्डाै – सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको  छ । आज शुक्रवार बिहान पौने ८ बजेतिर कोसी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खसेको सुनसरी प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बससँग ठोकिँदा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक नदीमा खसेको हो । ट्रकभित्र रहेका तीन जनालाई प्रहरीले उद्धार गरेको छ । उनीहरूको अवस्था सामान्य छ ।

ट्रक नदीमा खस्नासाथ प्रहरीले देखेकाले तत्काल उद्धार गर्न सकिएको डीएसपी राईले बताउनुभयो । ट्रकलाई भने नदीले बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1