लम्पी स्किन रोगले रोपाइँ नै रोकिएपछि गाउँपालिकाले बाँड्यो हाते ट्र्याक्टर

हरियो पाटी

हरियो पाटी

520
SHARES
712
VIEWS

काठमाण्डाै – लम्पी स्किन रोगले रोपाइँ नै प्रभावित भएपछि दोलखाको वैतेश्वर गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टर वितरण गरेको छ ।

किसानले पालेका गोरु मरेर रोपाइँ हुन नसकेपछि ट्र्याक्टर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । तत्कालका लागि वडा १, ७ र ८ मा गरी ६ वटा हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो ।

किसानको आवश्यकता र मागका आधारमा अरु पनि वितरणको तयारी भैरहेको उहाँले बताउनुभयो । ६ वटा हाते ट्र्याक्टर पाउने किसानका गोरु मरेका र सङ्क्रमित भएका उहाँको भनाइ छ । किसानले पालेका गोरु लम्पी स्किन रोग लागेर मरेपछि पालिकामा रोपाइँ नै प्रभावित भएको र खेत बाँझै रहने जोखिम बढेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

अध्यक्ष लामाका अनुसार पालिकामा महामारीको रूपमा फैलिएको लम्पी स्किन नियन्त्रण गर्न खोप र औषधि वितरण गर्नलाई २ लाख रुपैयाँ समेत छुट्याएको छ । तर यो रकम खोप र औषधिका लागि पर्याप्त नहुने उहाँको भनाइ छ ।

देशभर फैलिएको लम्पी स्किन रोगका कारण गाईगोरु सङ्क्रमित हुने र मर्ने क्रम बढेको छ । गोरु सङ्क्रमित हुने र केही मरेका कारण रोपाइँमा समेत समस्या भएको किसानको गुनासो छ । गएको फागुनयता झण्डै ७ लाख पशु सङ्क्रमित भएका छन् । त्यसमध्ये ४ लाखभन्दा धेरै निको भएका छन् । अझै पनि २ लाख ५० हजार सङ्क्रमित छन् । अहिलेसम्म २५ हजार ७ सय ८२ वटा पशु मरेका सरकारको तथ्याङ्क छ । अहिले स्वस्थ पशुलाई यो रोगविरुद्धको खोप दिन थालिएको छ ।

देशभर १ लाख ८० हजार पशुचौपायालाई खोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1