जनकपुरधाममा अत्यधकि रक्सी सेवनले एक जनाको मृत्यु

हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

असार १८ धनुषा – अत्यधकि रक्सी सेवन गरेका कारण जनकपुरधाममा एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२४ कटैया चौरी बस्ने ४५ वर्षीय पशुपतिनाथ झाको अत्यधिक रक्सी सेवनको कारण मृत्यु भएको स्थानीयवासीले जनाएको छ । हाटबजारमा नरिवल बेच्ने झा आइतबार विहानै धेरै रक्सी खाएर क्याम्पस चौकस्थित एक कटघेरमा बेहोस भइ सुतिरहेका थिए । स्थानीयले देखे पनि उपचारको लागि वाहिर कही लग्न सकेन् । दिउँसो २ बजे झाको सोही स्थानमा मृत्यु भएको स्थानीयवासीहरुको भनाइ छ ।

यता, घटना पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीले टोलिले सरजमीन गरी शवलाई पोस्टमाटमको लागि जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशकि अस्पतालमा लगिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1