आदिपुरुष’ काे संवाद नसच्याए महानगरभित्र हिन्दी फ्लिम चल्न नदिने बालेन्द्रकाे चेतावनी

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

जेठ ३२ काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरभित्र कुनै पनि हिन्दी फ्लिम चल्न नदिने चेतावनी दिनुभएकाे छ ।

मेयर शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म काठमाडौ महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिनुभएकाे हाे । उहाँले फेसबुकमा लेख्नुभएकाे छ, ‘दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाण्डाै महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’

मेयर शाहले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द सच्याउन तीन दिनकाे समय दिनुभएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित