सिरहामा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते,

हरियो पाटी

हरियो पाटी

531
SHARES
728
VIEWS

सिरहा, १३ जेठ। सिरहामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि तीन जना घाइते भएका छ्न्। पूर्व –पश्चिम राजमार्ग अन्तर्गत नरहा गाउँपालिका ३ चोहर्वामा प्रदेश–२–०१००३ प ६३२१ नम्बरको स्कुटर र स ७ प २६१२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा स्कुटरमा सवार स्थानीय रञ्जित साहको घटनास्थलमै मृत्यु भएको हो।

पश्चिमबाट पूर्वतर्फ आईरहेको स्कुटर र पूर्वबाट पश्चिम गएको तीन जना सवार मोटरसाइकल आपसमा ठोकिएको इलाका प्रहरी कार्यलय गोलबजारका प्रमुख इन्सपेक्टर डुपेन्द्र प्रसाद बुदाथोकीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए।

दुर्घटनामा मिर्चैया नगरपालिका ३ का उमेश महरा, बेचन महरा र सन्जय ठाकुर घाइते भएका छन्। घाइतेमध्ये उमेश महराको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारको लागि विराटनगर लगिएको छ। अन्य दुईजनाको स्थानिय स्वास्थ्यसंस्थामा उपचार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित