नक्कली भुटानी शरणार्थी प्रकरणमा बार्ह भाइ पक्राउ

हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

फाइल फोटो

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ

बैशाख ३१ काठमाण्डौ – नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

आइतवार बेलुकी काठमाण्डौको बूढानीलकण्ठबाट रायमाझीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो टोलीले उहाँ (रायमाझी) लाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ ।”

नक्कली भुटानी शरणार्थी प्रकरणमा गएको वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए ।  अब यो प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १३ पुगेको छ ।

प्रहरीले यसअघि पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खाणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई लगायत १२ जनालाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित