रास्वपा संसदीय दलका नेताबाट डिपी अर्यालले दिए राजीनामा

हरियो पाटी

हरियो पाटी

520
SHARES
712
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्यालले राजीनामा दिएका छन्।

शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन्।

आज संसदीय दलको भर्चुअल बैठक बसेर अर्यालले राजीनामा बुझाएको स्रोतले जानकारी दियो। राजीनामा बुझाएसँगै स्वीकृत गर्ने प्रक्रियामा छ। अहिले उपनेता श्रेष्ठले उक्त जिम्मेवारी सम्हालेका छन्।

यस्तै, पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्दैछन्। स‌ंसदीय दलको बैठक सोमबार बस्ने तयारी छ। बैठकले लामिछानेलाई दलको नेता चयन गर्नेछ।

चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा निर्वाचित भएका रवि लामिछानेले शुक्रबार शपथ लिएका थिए। शपथ लिएसँगै शुक्रबार नै उनी प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1