बैसाख १६ सिरहा
सिरहा । एम्बुलेन्सको काम के हो उत्तर सजिलै आउँछ, बिरामी बोक्ने । हुन पनि हो, एम्बुलेन्सले बिरामी नै बोक्छ । तत्काल अस्पताल लैजानुपर्ने बिरामीहरूका लागि एम्बुलेन्स हाम्रा लागि निर्विकल्प यातायातको साधन हो ।
तर, गोलबजारको बिरामी बोक्ने एम्बुलेन्स आफैं बिरामी पर्दा समस्या भएको छ । सिरहाको गोलबजार नगरपालिका अन्तगत रहेको स्वास्थचौकी गोलबजारको नाममा रहेको बा। १ झ ८४०३ नम्बरको एम्बुलेन्स २ बर्षदेखि बिरामी अवस्थामा छन् । तर, तिनको उचित संरक्षण एवं व्यवस्थापनमा कसैको चासो गएको छैन ।
नगरपालिकाको एक मात्र एम्बुलेन्स अत्यन्तै जीर्ण अवस्थामा छन् । स्वस्थचौकि ग्राउण्डमै एम्बुलेन्स अहिले फालिएको छ । अस्पतालका व्यवस्थापक समिति अध्यक्ष तथा वाडा अध्यक्ष समेत रहेका संजिव लामाका अनुसार एम्बुलेन्स प्रयोगविहीन भएपछि । लिलामिको प्रकृयामा लागेको बताएका छन । तर, स्वास्थ चौकिमै बिरामी एम्बुलेन्स हुँदा न त तिनको उपचार हुन सकेको छ, न त उचित व्यवस्थापन नै । स्वास्थ चौकिमा एम्बुलेन्स नहुँदा सेवा सेवाग्राही हरु मारमा परेका छन ।
Discussion about this post