आचारसंहिता नमान्नेलाई पक्राउ गरी मतदान नसकिएसम्म नछाड्न निर्वाचन आयाेगकाे निर्देशन

हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

काठमाण्डाै बैशाख ८ – निर्वाचन आयोगले पर्सि आइतवार हुने उप–चुनावको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई पाँच बुँदे निर्देशन दिएको छ ।

आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जारी गर्नुभएको विज्ञप्तिमा आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई पक्राउ गरी मतदान नसकिएसम्म नछाड्ने उल्लेख छ । आयोगले उप–चुनावको मौन अवधिमा हुन सक्ने चलखेललाई नियन्त्रण गर्न विशेष संयन्त्रमार्फत सुक्ष्म अनुगमन गरिरहेको पनि जनाएको छ ।

आयोगले वैशाख १० गते आइतवार भन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गर्ने गरी गए रातिदेखि मौन अवधि लागू गरेको छ । विज्ञप्तिमा निर्वाचन आचारसंहिताअनुसार जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको पनि उल्लेख छ । उप–चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले सम्बन्धित निकायलाई पाँच बुँदे निर्देशन पनि जारी गरेको जनाएको छ ।

आउँदाे आइतवार चितवन निर्वाचन क्षेत्र नम्बर २, तनहुँ–१ र बारा २ मा उपचुनाव हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1