लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्वअध्यक्ष सहित २३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नम्बर ४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कलभर्ट निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले उक्त गाउँपालिकाकाका तत्कालीन अध्यक्ष राम बल्लभ साह, उपाध्यक्ष आशा देवी यादव, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित २३ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो । पुल निर्माणका सम्बन्धमा जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा भुक्तानी नै गर्न नमिल्ने रकम भुक्तानी गरेर भ्रष्टाचार भएको पाइएको अख्तियारको भनाइ छ ।  २३ जना प्रतिवादीहरू उपर फरक फरक सजाय र बिगो बमोजिमको जरिवाना गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता भोला दाहालले जनकारी दिए । जसमा राम बल्लभ साहविरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपैयाँ मागदाबी गरिएको छ । मिलेमतोमा नियम विपरीत प्रतिवादीहरूले २६,४६,०२७ र ५,२८,४४० भुक्तानी गरेको अख्तियारको ठहर छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित