रवि लामिछाने गृहमन्त्री हुँदा भएको विवादास्पद निर्णय खारेज

हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गृहमन्त्री हुँदा भएको एक विवादास्पद निर्णय खारेज भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तबरले नागरिकको विवरण प्रमाणीकरणसम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको हो । यो कार्यविधिलाई लिएर प्रश्न उठेकाले यसलाई खारेज गरेर आवश्यक छानबिन गर्ने निर्णय समेत भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
कार्यविधिबारे प्रश्न उठेपछि विवादमा तानिएको थियो भने लामिछानेलेचाहिँ पुरानो फाइललाई आफूले सदरमात्रै गरेको भन्दै कुनै चलखेल नभएको जिकिर गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1