गाेलबजारमा हात्तीकाे आक्रमणबाट एक वृद्धको मृत्यु

हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

सिरहा,२ बैशाख-  सिरहामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। गोलबजार नपा १ लडाडामा लागेको मेलामा शुक्रवार राति नाच हेर्न गएको बेला हात्तिको आक्रमणबाट गोलबजार नगरपालिका ३ गोलामुक्सार गोलाका ७४ वर्षिय तुलबहादुर आले मगरको मृत्यु भएको हो।

साथीहरुसँग नाच हेर्न गएको वेला गोलबजार नपा १ कै गुलरियामा एक्कासी हात्ति देखिएपछि अन्य साथीहरु भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तिको आक्रमणमा परेको हुनसक्ने वडा नम्वर ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए।

घटना लगतै पुगेका प्रहरी सहितले हात्ति धपाएको इलाका प्रहरी कार्यलय गोलबजारका प्रमुख इन्स्पेकटर डुपेन्द्र प्रसाद बुदाथोकीले जान्कारी दिए। अहिले हात्ति पूर्वतर्फ गएको भन्ने जानकारी गाएको इन्सपेक्टर बुढाथोकी जानकारी दिए।

हात्तिले पटक–पटक यसक्षेत्रमा मान्छेमाथि हमला गरेकाले यसलाई नियन्त्रण गर्न वन र राष्ट्रिय निकुञ्चसँग समन्वय गर्ने कार्य भईरहेको उनले बताए।

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहान लगिएको छ।

यस अघिपनि गत फागुन २३ गते गोलबजार नपा ३ जमदह पुरानोडिहका २२ वर्षिय देव प्रसाद सदाको हात्ति आक्रमणबाट मृत्यु भएको थियो।

होलिका दिन भएकाले साथीहरुसँग गाउँ नजीकैको जङ्गलमा घुम्न गएको बेला हात्ति आक्रमणबाट घाईते भएका सदाको उपचारको क्रममा मृत्यु भएको थियो। सभार राताेपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित