धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना

Picture of हरियो पाटी

हरियो पाटी

529
SHARES
724
VIEWS

२६ चैत, पोखरा । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो तर यसको पूर्ण विवरण आइसकेको छैन ।उक्त हेलिकप्टर बेसक्याम्पमा सामान लिएर पुगेको भनिएको छ तर यथार्थ विवरण लिने प्रयास भइरहेको गौतमले बताए ।पाइलट प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर गएकी थिइन् । बेसक्याम्पमा ल्याण्डिङ गर्ने क्रममा दुर्घटनामा परेको र पाइलट सकुशल रहेको पोखरा विमानस्थलका टावर कन्ट्रोलर योगेन्द्र केसीले जानकारी दिए । प्रियाको उद्धारका लागि गएको एयर डाइनेस्टी फर्केपछि मात्र थप विवरण प्राप्त हुने उनको भनाइ छ । साभार  ok बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित