मोरङबाट एसईईमा अर्काको नाममा परीक्षा दिने १९९ जना नियन्त्रणमा

हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS
?????????????????????????????????????????????????????????

विराटनगर — मोरङमा माध्यमिक शिक्षा परीक्षा(एसईई) दिने १९९ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । मोरङका विभिन्न परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

एसईईभन्दा माथिल्लो तह उत्तीर्ण व्यक्तिहरू अर्काको नाममा परीक्षा दिन आएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार केराबारीस्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना नक्कली परीक्षार्थी प्रकाउ परेका छन् ।

त्यस्तै झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जनालाई नियन्त्रणमा लिइएको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित