सिरहामा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

सिरहा, १० चैत। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच्दा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाईते भएका छन्। सिरहाकाे गोलबजार ८ मा रहेको सगुन ईंटा उद्योको पर्खालले किच्दा भारतको पूर्वी वङ्गालका मजदुर महिमा वीवीको शुक्रवार विहान मृत्यु भएको हो।
ईटाभट्टीबाट पोलेको ईंटा निकाल्ने क्रममा भट्टीको पर्खाल भत्किएर किच्दा घाईते भएका वीवीको उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलजारले जनाएको छ। घाईतेहरु ३५ वर्षिय बवी वीवी र ४० वर्षिय ममता वीवीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको जनाएको छ।
शव पोष्टमार्टमको लागि प्रदेशीक अस्पताल लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
गत फागुन २७ गते गोलबजार ५ स्थित माँ धमिनी ईट्टा उद्योगको पर्खाल भत्किदा उद्योगमा कार्यरते छ जना घाइते भएका थिए। जसमध्य एक जना जयनाथ सदा गम्भिर घाइते भएका थियोे ।
ईंटा उद्योगमा कार्यरत मजदुरहरुलाई समान्य सुरक्षाको व्यवस्था समेत नमिलाउँदा पटक पटक दुर्घटनामा परि मजदुरहरुको अङ्गभङ्ग हुनुको साथै ज्यानै सम्म जाने गरेको छ। यस प्रति सरकोकारबालाहरुको ध्यान जान जरुरी छ। सभार राताेपाटी बाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित