लहान । नेपाल चलचित्र कलाकार संघको उन्नाईसौं चुनावमा मधेश र मधेशीप्रति विभेद भएको छ । यस्तो विभेदप्रति मधेश मिडिया मिशन नेपालले आपत्ती जनाएको छ । मधेश र मधेशी कलाकारको सदस्यता नविकरण नगरी एकलौटी काठमाण्डौ उपत्यकाका कलाकारको भरमा चुनाव गराएकोले समावेशिको माग गरेको छ ।
मधेशी,जनजाती र दलित मध्ये एकलाई सदस्य र एक उपाध्यक्ष मनोनित गर्नु पर्ने विधानमा प्रावधान रहेको छ । मधेश मिडिया मिशनका अध्यक्ष दिनेश्वर गुप्ताले ‘पूर्ण समानुपातिक आधार बन्दै गएकोले यो समावेशीमा समेत विभेद गरिएको छ ।’ ‘यो एकल जातीय तथा नश्लवादी व्यवहार हो ।’ ‘ यस्ता विभेद र अहंकारी प्रवृतिप्रति आपत्ती छ ।’ चलचित्र संघलाई समावेशी बनाउँन मधेश र मधेशी कलाकारले माग गरेको छ ।
बिगतमा नवल खडका अध्यक्ष हुँदा एक जना जनजातीलाई मात्र समावेशि गरिएको थियो । त्यसपछि मधेश र मधेशीलाई विभेद गर्दै आएकोले यस्ता अलोकतान्त्रिक निरंकुश कार्यप्रति मधेश मिडिया मिशन नेपालका अध्यक्ष दिनेश्वर गुप्ताले विज्ञप्ती जारी गरी आपत्ती जनाएको छ । संघको १९ औं बार्षिक साधारणसभाबाट मोहन निरौला निर्वाचित भएका छन् । कलाकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल चलचित्र संघ यत्तिबेला प्राइभेट कम्पनीको रुप लिएको छ । केही मुट्ठीभर निर्माता राजकुमार राई, संस्थापक पूर्व अध्यक्ष कृष्ण मल्ल, निवर्तमान अध्यक्ष र बिन्द्र खडकाको इसारामा चलचित्र संघ निरंकुशतर्फ उन्मुख भएको छ ।
Discussion about this post