बर्दियामा बाघको आक्रमणबाट दुई महिलाको मृत्यु

हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

बर्दिया – बर्दियाको मधुवन नगरपालिकामा पाटेबाघको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा मधुवन नगरपालिका– ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मधुवन नगरपालिका– ५ मा रहेको चिरौटे सामुदायिक वनमा घाँसदाउरा काट्न गएका वेला उनीहरूमाथि बाघले आक्रमण गरेको हो ।

सोमबार दिउँसो करिब १२ बजेतिर चारजना महिला भारतसँग सीमा जोडिएको चिरौटे सामुदायिक वनमा घाँस दाउरा खोज्न गएका थिए । त्यही वेला धनसरा र समुन्द्रीलाई बाघले आक्रमण गरेपछि अन्य दुई महिलाले भागेर ज्यान जोगाएको स्थानीयले बताएका छन् । उनीहरूले गाउँ फर्किएर बाघको आक्रमणबारे खबर गरेपछि स्थानीय खोज्न गएका थिए ।खोज्ने क्रममा धनसरा र समन्द्रीको शव भेटिएको थियो । यस क्षेत्रमा पाटेबाघको आक्रमणबाट हालसम्म ११ जनाको ज्यान गइसकेको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित