चैत्र ६, काठमाडौं सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ ।
यसअघि सो मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने समितिको निर्णयको विरोधमा आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको थियो ।
Discussion about this post