लहान नगरपालिकामा चरम अनियमितता, समान्य वर्षा मै नाली भत्कियो

हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

सिरहा । सिरहामा जनप्रतिनिधि र कर्मचारीहरूकै मिलोमतोमा विकास निमार्णको काममा अनियमिततता भएको पाइएको छ । जिल्लाको लहान नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा नगरपालिकाको ६ श्रीराम कोलोनी क्षेत्रमा गरिएको पक्कि नाला निमार्ण कार्यमा कमसल निर्माण सामाग्री प्रयोग गरी अनियमितत्ता गरिएको पाइएको हो ।

नगरपालिकाका कर्मचारी र ठेक्केदारको मिलमत्तोमा कमसल सामग्री प्रयोग गरि पक्कि नाला निर्माण सम्पन्न भएकोमा दुई महिना नपुग्दै भत्किएको स्थानीयको आरोप छ ।

नगरपालिकाले निर्माण गरेको नालामा कमसल सामग्रीको प्रयोग भएकै कारण दुई महिनामै भत्किएको स्थानीयको आरोप छ ।

जनप्रतिनिधि र ठेकेदारको लापरबाहीले काम गुणस्तरीय नभएको दुखेसो छ । निर्माणका क्रममा नगरपालिका र वडाबाट अनुगमन नहुनुले पनि कर्मचारी, जनप्रतिनिधी र ठेकेदारको मिलेमत्तो रहेको उनीहरू बताउँछन् ।

लहान ६ का वडा अध्यक्ष रमेश गौतमले नगरको काम भएकोले सवै आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘भत्केको खवर पाएपछि म पनि हेर्न गएँ, भत्केकै रहेछ । मैले नगरपालिकामा जानकारी गरिसकेको छु । नगरपालिकाका साइड इन्जिनियर कामेश्वर यादवले सतहको माटो गिलो भएकोले र वर्षाका कारण माटो धस्केकाले नालाको वाल भत्केको बताए । कुनै बेला राम्रो नाम कमाउन सफल लहानका नगरपालिकाका नगरप्रमुख महेश चौधरी मेयर भएपछि। कमिसनमा लिप्त रहेको स्थानीय बासिन्दाहरुकाे भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित