प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

Picture of हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते विश्वासको मत लिने भएका छन्।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र दर्ता गराएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।

‘संसद सचिवालयमा पत्र दर्ता भएको छ। चैत ६ गते विश्वासको मत लिने कार्यसूची हुन्छ,’ गिरीले भने।

गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए। राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई साथ दिने भएपछि फागुन १५ गते एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। फागुन १३ गते राप्रपाले सरकार छोडेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित