सिरहा, – हात्तिको आक्रमणबाट सिरहामा एक युवकको मृत्यु भएको छ। हात्ति आक्रमणबाट सिरहाकाे गोलबजार नपा ३ जमदह पुरानोडिहका २२ वर्षिय देव प्रसाद सदाको मृत्यु भएको हो।
होलिका दिन भएकाले साथीहरुसँग गाउँ नजीकैको जङ्गलमा साथीहरुसँग घुम्न गएको बेला हात्तिकाम आक्रमणबाट घाईते भएको सदालाई उपचारको लागि स्वास्थ्यसंस्थामा पुर्याएपनि स्वास्थ्यसंस्थाले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
उपचोरको लागि गोलबजारस्थित गोलबजार हेल्थ केयरमा ल्याएको भएपनि उनको घटना स्थलमानै मृत्यु भईसको स्वास्थ्यकर्मी नरेश लामाले बताए। उनको छात्ति र दाहिने खुट्टामा गहिरो चोट देखिएको स्वास्थ्यकर्मी लामाले बताए।
होलिको दिन भएकोले घरमा खानपीन गरेका बेला साथीहरुसँग घुम्न गएको बेला घटना भएको सदायको दिदि सुनिता सदायले भनाइ छ। उनले भने, ‘म पनि बाख्रा लिएर चराउन हिडे, उनीपनि साथीहरुसँग घुम्न गएको थियो, गाउँमा हात्ति आयो भनेर हल्ला चलेपछि हामीपनि भाग्यौं, पछि भाई नआएपछि खोज्दै जाँदा लडेको अवस्थामा पायौं।’
सदायको एक श्रीमती र एक दुईवर्षिय छोरा रहेका छन्। हात्ति अझै वस्ति नजिकैको जङ्गलमा रहेको वडाअध्यक्ष लामाले जानकारी दिए। हात्ति नजिकैको जङ्गलमा रहेकाले स्थानीय त्रसित छन्। हात्ति दुईदिन अघिदेखि यहिक्षेत्रमा रहेको स्थानीयको भनाई रहेको छ।
इलाका प्रहरी कार्यालय गोलबजारले हात्तिको आक्रमणबाट मृत्यु भएको जानकारी प्राप्त भएपनि घटनाबारे थप अनुसन्धान भईरहेको बताए। शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखेकाे जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
Discussion about this post