धनुषा – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ स्थित राजदेवी मन्दिरबाट चाँदीका मुर्तिसहित गरगहना चोरी गर्ने पाँचजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने बर्ष ३७ का रजाक मोहमद, विदेह नगरपालिका ४ सुन्दरपुर बस्ने बर्ष २९ का मोहमद हबगुल्ला साह, बर्ष २२ का नर्सुदिन साह, बर्ष ३० का सरिफ मुसलमान, कमला नगरपालिका ७ हथमुन्डा बस्ने बर्ष २२ का रमेश कुमार महतो छन् ।
उनीहरुको साथबाट राजदेवी मन्दिरबाट फागुन १४ गते राति ताला तोडेर देवीको चाँदीको मुर्ती, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्रि, कानको झुम्का लगायतको सुन चाँदीको सर सामानहरू बरामद गरेको धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौतमले जानकारी दिए ।
Discussion about this post