सुशासन र समृद्धिमा जोड दिउँ : प्रधानमन्त्री

हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS
प्रधानमन्त्री प्रचण्डलाई दाेस्राे पटक विश्वासकाे मत

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन नै वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको सुशासन सुधार सुझाव कार्यदलका संयोजक र सदस्यहरू तथा मन्त्रालयका सचिवसहितको टोलीसँग  बिहीवार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

मन्त्रालयले मातहतका सेवा तथा आयोजनामा सुशासनका लागि सुधार गर्नुपर्ने नीतिगत, कार्य प्रक्रियागत र संस्थागत विषयमा सुझाव पेस गर्न प्रा. डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा पूर्वसचिव र विज्ञहरू रहेको छ सदस्यीय कार्यदल गठन गरेको छ । त्यही कार्यदलको कार्यप्रगति र प्राथमिकताबारे टोलीले प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेको हो ।

‘सुशासन, सामाजिक न्याय र समृद्धि सजिलो छैन’, रिपोर्टिङ सुनेपछि प्रधानमन्त्रीले भन्नुभयो, ‘तर त्यसलाई कायम नगरी अगाडि बढ्नै सकिँदैन ।’ उहाँले कार्यदलबाट गहकिलो सुझावको अपेक्षा गरिएको बताउनुभयो । कार्यदलका सदस्य सचिव अर्जुनप्रसाद अर्यालले कार्यदलले सुझावका लागि अहिलेसम्म गरेका र अब गर्ने प्रक्रियागत कामबारे ‘रिपोर्टिङ’ गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित