गृहमन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डलाई

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

काठमाण्डाै – गृहमन्त्रीको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले पाउनुभएको छ । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति निकालेर प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा उहाँलाई नै गृहमन्त्रीको जिम्मेवारी तोकिएको जनाएको छ ।

मन्त्रीहरु नियुक्त नहुँदा युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हाल्नुभएको छ । सर्वोच्च अदालतको फैसलापछि हिजो नै गृहमन्त्री र सांसदबाट रवि लामिछाने पदमुक्त भइसक्नुभएको छ ।

लामिछानेले एकपटक नेपाली नागरिकता त्यागेपछि पुन नयाँ प्रक्रियाबाट बनाउनुपर्नेमा पुरानै नागरिकताका आधारमा मनोनयन दर्ता गराएर सांसद पद जित्नुभएको थियो । रविको नागरिकता नै अवैध रहेकाले उहाँले जितेको सांसद पद र मन्त्री पदसमेत गैरकानुनी रहेको भन्दै परेको रिटमा हिजो सर्वोच्चले फैसला गरेको हो ।


 

अन्तिम अपडेट: माघ १४, २०७९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित