रवि लामिछानेको सांसद पद गयो

हरियो पाटी

हरियो पाटी

537
SHARES
736
VIEWS

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई अयोग्य ठहर गरेको छ ।

रवि लामिछाने सांसद हुन अयोग्य रहेको दाबी गर्दै परेको रिटमाथिको अन्तिम सुनुवाई सकिएपछि यस्तो फैसला आएको हो ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले यस्तो फैसला गरेको हो ।

अधिवक्ताद्वय युवराज पौडेल र रविराल बसौलाले दायर गरेको रिटमा निर्वाचनमै लामिछाने उमेदवार बन्न अयोग्य रहेको जिकिर गरिएको थियो ।

रिटमा अन्तरिम आदेश माग गरिएको थियो ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु रमन कर्ण, नानीबाबु खत्री र रविराज बसौलाले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित