जिल्ला प्रशासन कार्यलय सुर्खेतले कोभिड—१९ को नयाँ भेरियन्टको त्रास बढेसँगै सुर्खेतमा भने पुनः स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको छ।
उनले हात धुने बानी, मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न छोडिएको, भीडभाड बढेको हुँदा अब पुनः स्वास्थ्य सतर्कता आउनुपर्ने बेला आएको बताए।
साथै रिजालले सूचना र सन्देश प्रसारण गरेर सर्वसाधारणलाई सजग गराइदिन संचार माध्यमहरुसँग आग्रह गर्दै उद्योगी व्यवसायीलाई पनि स्वास्थ्य सतर्कता अपनाएर व्यापार व्यवसाय गर्न सुझाव दिए।
कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले सुर्खेतमा अहिले ३९० डोज मात्र भेरोसेल खोप भएको जानकारी दिँदै कोभिडको नयाँ जोखिम आएकोले विगतको पूर्वाधार पुनः तयार गर्नुपर्ने बेला आएको बताए।
उनले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे।
प्रदेश आपूर्ति कार्यालयका प्रमुख डा. शक्ति सुवेदीले कर्णाली प्रदेशभर ४० हजार सिंगल डोज खोप, परीक्षणका लागि २७ हजार थान एन्टिजेन कीट, सवा ३ लाख थान सिर्जकल मास्क र ६० हजार थान एन-९० मास्क, ४७५ थान अक्सिजन सिलिण्डर, ८१ थान अक्सिजन कन्सन्ट्रेटर र २ लाख ट्याव्लेट पारासिटामोल मौज्दात अवस्थामा रहेको जानकारी दिए।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले वीरेन्द्रनगरमा अहिले पनि कोभिड परीक्षण र खोप लगाउने काम भइरहेको बताउँदै नागरिकलाई कोभिडको नयाँ जोखिम आएको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे।
Discussion about this post